जनकपुरधामको विकासको योजना बनाइँदै
जनकपुर, चैत १२ : जनकपुरधामको विकासका लागि गर्न योजनाबारे बनाइने भएकोा छ । वीरगञ्जस्थित भारतको महावाणिज्य दूतावासले जनकपुरधामको विकासका लागि योजना निर्माण गर्न...
जनकपुर, चैत १२ : जनकपुरधामको विकासका लागि गर्न योजनाबारे बनाइने भएकोा छ । वीरगञ्जस्थित भारतको महावाणिज्य दूतावासले जनकपुरधामको विकासका लागि योजना निर्माण गर्न सरोकारवालासँग छलफल अघि बढाएको छ।
चार वर्षअघि जनकपुरधाम भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको एक अर्बको आर्थिक सहयोगबाट जनकपुरधामको समग्र विकासका लागि गर्न सकिने योजनाबारे दूतावासले सरोकारवालासँग छलफल सुरु गरेको हो ।
जनकपुरधाममा आयोजित कार्यक्रममा वाणिज्यदूत नितेशकुमारले भारत सरकारले जनकपुरधामको विकासका लागि आर्थिक सहयोगको प्याकेज ल्याएको बताए। ‘प्रधानमन्त्री मोदीले घोषणा गर्नुभएको आर्थिक सहयोगको घोषणा अनुसारको रकम आउँछ, ढुक्क हुनुस्’, उनले भने, ‘त्यो आर्थिक सहयोग कुन कुन योजना बनाएर, कसरी काम गर्ने भन्ने विषयमा मधेश प्रदेशका मुख्यमन्त्री, जनकपुरधाम नगरपालिकाका प्रमुख, प्रदेशका नीति योजना आयोगका पदाधिकारीलगायत सरोकारवालासँग छलफल गरिरहेका छौं।’
भारतीय सरकारको सहयोगमा सञ्चालित योजनाको अनुगमन गरी त्यसलाई समयमै सम्पन्न गर्न पहल गरिने वाणिज्यदूत नितेशकुमारको भनाइ थियो ।
मधेस प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा तथा बागमती प्रदेशको चितवन र मकवानपुर गरी आठ वटा जिल्लालाई कार्यक्षेत्र बनाएर विगत एक वर्षभित्र चितवनको गुञ्जमान सिंह अस्पताल, राष्ट्रिय प्राथमिक विद्यायल, मकवानपुरको बागमती निम्न मावि, सर्लाहीको बालगोविन्द जनता मावि र जनता मावि सर्लाहीको भवन निर्माण गरिएको उनले बताए।











