Kathmandu Press

प्रधानमन्त्री देउवाले बिम्स्टेक सम्मेलनलाई सम्बोधन गर्ने

काठमाडौं, चैत १२ : प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को पाँचौँ शिखर सम्मेलनलाई यही चैत...
प्रधानमन्त्री देउवाले बिम्स्टेक सम्मेलनलाई सम्बोधन गर्ने

काठमाडौं, चैत १२ : प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को पाँचौँ शिखर सम्मेलनलाई यही चैत १६ गते श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानबहादुर देउवा, मुख्यसचिव शंकरदास वैरागी, परराष्ट्र सचिव भरतराज पौड्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री खड्का चैत १५ गते श्रीलंकाको कोलम्बोमा हुने बिम्स्टेकको १८औँ मन्त्रिस्तरीय बैठकमा सहभागी हुनेछन्। त्यहाँ रहँदा उनले बिम्स्टेक सदस्य राष्ट्रका समकक्षीहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको छ। बैठकमा भाग लिन मन्त्री खड्का चैत १४ गते कोलम्बो प्रस्थान गर्ने तथा चैत १७ गते काठमाडौँ फर्कने कार्यक्रम छ।

परराष्ट्र मन्त्रालयका सहसचिव तथा क्षेत्रीय संगठन महाशाखा प्रमुख घनश्याम भण्डारी नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चैत १४ गते हुने बिम्स्टेकका वरिष्ठ अधिकारीहरूको २२औँ बैठकमा सहभागी हुनेछ।

पाँचौँ बिमस्टेक शिखर सम्मेलन र त्यसअघिका बैठकहरू कोलम्बोमा चैत १४ देखि १६ गतेसम्म आयोजना हुँदै छ। यस वर्षको शिखर सम्मेलनको नारा ‘स्वस्थ्य जनता, उत्थानशील क्षेत्र, समृद्ध अर्थतन्त्रतर्फ बिम्स्टेक’ रहेको छ। (रासस)

प्रकाशित मिति: ०६:४१ बजे, शनिबार, चैत १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्