Kathmandu Press

म्यादी प्रहरीमा फारम भर्नेकाे संख्या २ लाख ८० हजार

म्यादी प्रहरीमा फारम भर्नेकाे संख्या २ लाख ८० हजार

काठमाडाैं, चैत ११ : आगामी बैसाख ३० गते हुने निर्वाचनकाे लागि सुरक्षामा खटिने म्यादी प्रहरीको दरखास्त फारम भर्ने समय सकिएकाे छ। चैत ६ देखि खुलेकाे फारम भर्ने समय ११ गते (आज) सकिएकाे हाे।

प्रहरी प्रधान कार्यालयका अनुसार आजसम्म देशभर २ लाख ८० हजार ४९५ जनाले म्यादी प्रहरीमा फारम भरेका छन।  

आगामी निर्वाचनकाे लागि प्रहरी प्रधान कार्यालयले एक लाख म्यादी प्रहरीका लागि दरखास्त फारम खुलाएको थियो।

फारम भरेकामध्ये १४ गतेदेखि छनोट सूची प्रकाशनको कार्य सुरू हुने केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले बताए। उनका अनुसार अन्तिम नामावली २६ गतेसम्म प्रकाशन भएर २७ गते नियुक्तिको काम थालिने छ।

'नियुक्ति भएपछि सम्बन्धित ठाउँहरूका प्रहरी युनिटहरूमा म्यादी प्रहरीलाई तालिम दिइने छ,' उनले भने, 'तालिम एक सातादेखि १० दिनसम्मकाे हुनेछ।'

 

प्रकाशित मिति: २०:४३ बजे, शुक्रबार, चैत ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्