Kathmandu Press

बालप्रेमी माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण

भक्तपुर, चैत ११ : मध्यपुरथिमि नगरपालिका–४ सुँगाटोलस्थित बालप्रेमी माध्यमिक विद्यालयको नवनिर्मित भवन विद्यालयलाई आज हस्तान्तरण गरिएको छ। विद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा दुई...
बालप्रेमी माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण

भक्तपुर, चैत ११ : मध्यपुरथिमि नगरपालिका–४ सुँगाटोलस्थित बालप्रेमी माध्यमिक विद्यालयको नवनिर्मित भवन विद्यालयलाई आज हस्तान्तरण गरिएको छ। विद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा दुई नयाँ भवनको नेकपा (एमाले)का पोलिट ब्यूूरो सदस्य महेश बस्नेतले उद्घाटन गरे।

विसं २००७ मा स्थापना भएको यो विद्यालयले जिल्लाकै गौरबको रूपमा रहेको चर्चा गर्दै उनले नयाँ भवनमा अब विद्यार्थी ल्याउने चुनौति थपिएको बताए। सांसद बस्नेतले भने, 'सामुदायिक विद्यालयमा किन स्थानीय विद्यार्थी आउँदैनन्, आए पनि किन पुरुष विद्यार्थी आउँदैनन्, छोरी मात्रै आउँछन्, यो विषयलाई गम्भीर ढङ्गले छलफल गर्दै स्थानीय सरकारले विद्यार्थी बढाउन पहलकदमी लिनैपर्छ।'

Hardik ivf

मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठले नगरपालिकाकै पुरानो विद्यालयले नयाँ जीवन पाएको चर्चा गरे। कार्यक्रमका सभापति एवं विद्यालय व्यवस्थापनका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले नेपाल सरकार र एशियाली विकास बैंकको आर्थिक सहयोगमा नेपाल सरकार शिक्षा मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइको विपद् उत्थानशील विद्यालय परियोजनाअन्तर्गत पाँच करोड ४७ लाखको लागतमा आठ कोठे र नौ कोठे दुई वटा सुविधा सम्पन्न नयाँ भवन बनेको जानकारी दिए।

अपाङ्गमैत्री, सुविधा सम्पन्न भवनमा नयाँ फर्निचर, आइटी ल्याव एवं प्रविधिसम्मको जडान गरी सुविधा सम्पन्न बनाइएको बताउँदै उनले विद्यालयले गुणस्तरीय शिक्षा दिएर विद्यालयलाई उत्कृष्ट बनाउन सबैको सहयोग आवश्यक रहेको बताए। विद्यालयकी प्रधानाध्यापक चरणकेशरी श्रेष्ठले पुरानो जीर्ण भवनबाट नयाँ र सुविधा सम्पन्न भवनबाट पढाइ सञ्चालन गर्न पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिए।

प्रकाशित मिति: २०:२० बजे, शुक्रबार, चैत ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्