Kathmandu Press

पार्टी छाडेर चोक्टा खान गएकालाई वैशाख ३० गते झोलमा डुबाइन्छ : ओली

उदयपुर, चैत ११ : एमाले अध्यक्ष केपी ओलीले पार्टी छाडेर चोक्टा खान गएकालाई झोलमा डुबाउने उपयुक्त समय वैशाख ३० भएको बताएका छन्।आज (शुक्रबार)...
पार्टी छाडेर चोक्टा खान गएकालाई वैशाख ३० गते झोलमा डुबाइन्छ : ओली

उदयपुर, चैत ११ : एमाले अध्यक्ष केपी ओलीले पार्टी छाडेर चोक्टा खान गएकालाई झोलमा डुबाउने उपयुक्त समय वैशाख ३० भएको बताएका छन्।

आज (शुक्रबार) उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा एमाले छाडेका माधव नेपाल र उनको समूहलाई लक्षित गर्दै उनले भने,  ‘पार्टी छोडेर चोक्टा खान गएकालाई झोलमा डुबाउने उपयुक्त समय वैशाख ३० हो।’

उनले पार्टी छाडेर जानेहरूप्रति कडा टिप्पणी गर्दै पिलो निचोर्दा हल्का दुखाइ भए पनि, अलिकति वजन घटे पनि अहिले ठिक  भइसकेकाे, वजन बढिसकेको बताए। उनले सत्तामा नरहे पनि एमालेप्रतिको जनविश्वास कुनै कमी नआएको दाबी गरे।

एमालेले गरेको असाधारण उपलब्धि देख्न नसकेर परमादेशबाट स्थापित भएको सरकारलाई चुनावबाटै विस्थापन गराउने ओलीको भनाय थियो। उनले समाजवादको गन्तव्यलाई एमालेले मात्र अघि बढाउन सक्ने बताए।

‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्य नै समाजवादको गन्तव्य भएको बताउँदै उनले यसलाई अघि बढाउने अभिभारा एमालेको रहेको बताए।

उनले विभिन्न पार्टी परित्याग गरेर एमालेमा आएका नेताकार्यकर्तालाई स्वागत पनि गरे। त्रियुगा नगरपालिका–१० स्थित मदन भण्डारी आँखा अस्पतालको भवन उद्घाटन गर्न उनी  उदयपुर आएका थिए।

प्रकाशित मिति: १८:४८ बजे, शुक्रबार, चैत ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्