कांग्रेस केन्द्रीय समितिको अर्को बैठक आइतबार बस्ने
काठमाडौं, चैत ११ : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आइतबार पनि बस्ने भएको छ।आज (शुक्रबार) बसेको बैठकमा स्थानीय तह निर्वाचन, पदाधिकारी मनोनयन, गठबन्धनलगायत अन्य...
काठमाडौं, चैत ११ : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आइतबार पनि बस्ने भएको छ।
आज (शुक्रबार) बसेको बैठकमा स्थानीय तह निर्वाचन, पदाधिकारी मनोनयन, गठबन्धनलगायत अन्य विविध विषयमा छलफल भएको नेताहरूले बताएका छन्।
आजकै बैठकमा प्रदेश समितिका सभापतिहरुले आसन्न निर्वाचनमा केन्द्रित रहेर ब्रिफिङ गरे। उनीहरूले प्रदेशमा पार्टीको अवस्थाबारे बैठकमा आफ्ना भनाइ राखेका थिए।
निर्वाचन र अन्य विषयमा थप छलफल आइतबार बस्ने बैठकमा हुने नेताहरूको भनाइ छ।
प्रकाशित मिति: १८:२७ बजे, शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











