Kathmandu Press

सुरक्षित आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने नेपालको प्रतिबद्धता

सुरक्षित आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने नेपालको प्रतिबद्धता

काठमाडाैं, चैत ११ : नेपालले सुरक्षित आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। परराष्ट्रमन्त्री डा नारायण खड्काले आज मोरक्कोको रबातमा ‘हाइब्रिड’ ढाँचामा सम्पन्न सुरक्षित, व्यवस्थित र नियमित आप्रवासन (जिसीएम) सम्बन्धी ‘ग्लोबल कम्प्याक्ट’ देशहरूको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै सुरक्षित आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन।

आफ्नो पूर्व रेकर्ड गरिएको सम्बोधनमा उनले जिसीएममा नेपालको प्रतिबद्धतालाई जोड दिँदै पारस्परिक विकासका लाभ सुरक्षित गर्न आप्रवासीको योगदानलाई अधिकतम बनाउने तथा गन्तव्य देश, क्षेत्रीय परामर्शदात्री समूहका साथै अन्य निकायसँगको साझेदारी र सहयोग अपरिहार्य भएको बताए। परराष्ट्रमन्त्री खड्काले सन् २०१८ मा जिसीएमको अनुमोदन अन्तर्राष्ट्रिय आप्रवासनमा ऐतिहासिक कोशेढुङ्गा भएको बताउँदै त्यसका बहुआयामिक पक्षलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहयोगको लागि रूपरेखा कोरोको उल्लेख गरे।

'पहिलो अन्तर्राष्ट्रिय आप्रवासन समीक्षा मञ्चमा रचनात्मक सहभागिता जनाउन नेपाल इच्छुक छ, सुरक्षित, व्यवस्थित र नियमित बसाइँसराइको दृष्टिकोणलाई साकार पार्न अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न नेपाल तत्पर छ,' सुरक्षित आप्रवासनको पक्षमा नेपालले सधैँ पैरवी गर्दै आएको स्पष्ट गर्दै उनले भने।

प्रकाशित मिति: १८:२६ बजे, शुक्रबार, चैत ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्