एकीकृत समाजवादीका सबै विभाग र प्रदेश कमिटीले पाए पूर्णता (नामावलीसहित)
काठमाडौं, चैत ११ : नेकपा एकीकृत समाजवादीले केन्द्रीय विभाग र प्रदेश समितिलाई पूर्णता दिएको छ। पार्टीका ३१ विभाग र नौ प्रदेश कमिटीलाई पूर्णता...
काठमाडौं, चैत ११ : नेकपा एकीकृत समाजवादीले केन्द्रीय विभाग र प्रदेश समितिलाई पूर्णता दिएको छ। पार्टीका ३१ विभाग र नौ प्रदेश कमिटीलाई पूर्णता दिइएको हो।
आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै महासचिव वेदुराम भुसालले केन्द्रीय सचिवालयको विभिन्न समयमा बसेको बैठकले गरेको निर्णयलाई फागुन २५–२६ गते बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको जानकारी दिएका हुन्।
संगठन विभागको जिम्मेवारी महासचिव भुसालले पाउँदा अर्थ तथा योजना विभाग उपमहासचिव विजय पौडेलले पाएका छन्।
रामचन्द्र झाले कानुन विभागको जिम्मेवारी पाएका छन् भने आर्थिक विभाग प्रमुखमा सोमप्रसाद पाण्डे रहेका छन्।
त्यसैगरी उद्यमशीलता विकास विभागको नेतृत्व गर्ने जिम्मेवारी डा. तारानाथ जोशी पाएका छन्। उद्योग तथा वाणिज्य विभागमा मुकुन्द न्यौपाने, उपभोक्ता हित विभागमा प्राध्यापक डा. इन्दु आचार्य र कृषि तथा भूमि व्यवस्था विभागमा बलराम बास्कोटालाई प्रमुख बनाइएको छ।
यसैगरी बलदेव चौधरीको नेतृत्वमा रहेको प्रदेश १ कमिटी, रामचन्द्र यादवको नेतृत्वमा रहेको मधेस प्रदेश कमिटी र सावित्रा भुसालको नेतृत्वमा रहेको वाग्मती प्रदेश कमिटीलाई पूर्णता दिइएको छ।
त्यसैगरी गण्डकी प्रदेशमा रामजी शर्मा, लुम्बिनीमा मेटमणि चौधरी, कर्णालीमा अम्मरबहादुर थापा र सुदूरपश्चिममा विक्रम शाहीको नेतृत्वमा रहेका कमिटीले पनि पूर्णता पाएका छन्।
उपत्यका विशेष प्रदेश कमिटीलाई सुरेश खत्री र सम्पर्क विशेष प्रदेश कमिटीलाई वीरबलकाजी राईको नेतृत्वमा पूर्णता दिइएको हो।
नौवटै प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज पनि तोकिएको विज्ञप्तिमा उल्लेख छ।











