Kathmandu Press

काठमाडौं आइपुगे चिनियाँ विदेशमन्त्री (तस्बिरहरु) 

२५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं उत्रिएका वाङ विमानस्थलबाट द्वारिका होटेल जानेछन् । वाङले औपचारिक भेटघाट भने भोलि शनिबार बिहानदेखि मात्रै गर्नेछन्।
काठमाडौं आइपुगे चिनियाँ विदेशमन्त्री (तस्बिरहरु) 
तस्बिर : परराष्ट्र मन्त्रालय

काठमाडौं, चैत ११ : चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आइपुगेका छन्। सोमबार पाकिस्तान पुगेका वाङ अफगानिस्तान, भारत हुँदै शुक्रबार दिँउसो काठमाडौं आइपुगेका हुन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। 

त्रिभुवन विमानस्थलमा चिनियाँ विदेश मन्त्री परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, परराष्ट्र मन्त्रालय र  चिनियाँ दूतावासका उच्च अधिकारीहरूले स्वागत गरे। यसअघि यी साँझ ६ बजेमात्रै काठमाडौं आउने कार्यक्रम भए पनि उनी दुई घन्टाअघि आइपुगेका हुन्।

२५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं उत्रिएका वाङ विमानस्थलबाट द्वारिका होटेल जानेछन् । वाङले औपचारिक भेटघाट भने भोलि शनिबार बिहानदेखि मात्रै गर्नेछन्।

नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसी पारित भएपछि चीनबाट पहिलो पटक उच्च राजनीतिक भ्रमण भएको हो।

तीन दिन काठमाडौंमा रहँदा चिनियाँ विदेश मन्त्री यीले द्वीपक्षीय वार्तासहित सहित महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने छन्।

प्रकाशित मिति: १७:१५ बजे, शुक्रबार, चैत ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्