Kathmandu Press

उत्तर कोरियाको मिसाइल प्रक्षेपणपछि जापानी र दक्षिण कोरियाली विदेशमन्त्रीबीच वार्ता

लन्डन, चैत ११ : जापानी विदेशमन्त्री योशिमासा हयाशी र उनका दक्षिण कोरियाली समकक्षी चुङ इउई-योङले टेलिफोन वार्तामा उत्तर कोरियाको अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपणबारे छलफल गरेको जापानी...
उत्तर कोरियाको मिसाइल प्रक्षेपणपछि जापानी र दक्षिण कोरियाली विदेशमन्त्रीबीच वार्ता

लन्डन, चैत ११ : जापानी विदेशमन्त्री योशिमासा हयाशी र उनका दक्षिण कोरियाली समकक्षी चुङ इउई-योङले टेलिफोन वार्तामा उत्तर कोरियाको अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपणबारे छलफल गरेको जापानी विदेश मन्त्रालयले जनाएको छ।

'परराष्ट्र मन्त्रीहरूले उत्तर कोरियाद्वारा अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपणको निन्दा गरेका छन्।  विशेष गरी पछिल्लो प्रक्षेपण बारे समान धारणा बनाउँदै उनले उत्तर कोरियाको क्षेप्यास्त्र र आणविक कार्यक्रमको तीव्रता विश्व समुदायको लागि एक स्पष्ट र गम्भीर चुनौती भएको  बताएका छन्।

द्विपक्षीय र त्रिपक्षीय सहयोगको पुनस् पुष्टि गर्दै संयुक्त राज्य अमेरिका, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावअनुसार उत्तर कोरियाको सम्पूर्ण आणविक निःशस्त्रीकरणका लागि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् समक्ष आग्रह गरिएको विज्ञप्तिमा जनाइएको छ।

उत्तर कोरियाले बिहीबार बिहान ह्वासोङ–१७ इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल परीक्षण गरेको पुष्टि गरेको छ। लामो दूरीको ब्यालेस्टिक मिसाइल जापानको सागरतर्फ प्रक्षेपण गरिएको थियो।

दक्षिण कोरियाली सेनाले पुष्टि गरेको छ कि क्षेप्यास्त्रले करीव ६७० माइल उडेको थियो जसको अधिकतम उचाइ ३,८५० माइल भन्दा बढी थियो। दक्षिण कोरियाले जापानको सागरतर्फ ब्यालेस्टिक र क्रुज मिसाइलहरूको शृङ्खला प्रक्षेपण गरेर बदला लिएको हो।

यो वर्ष उत्तर कोरियाले गरेको ११औं मिसाइल प्रक्षेपण हो। फेब्रुअरी २७ र मार्च ५ मा उत्तर कोरियाले टोही उपग्रह परियोजनाको भागको रूपमा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो।

सियोल र वाशिंगटनले प्योङयाङले स्याटेलाइट प्रणाली विकास गर्ने बहानामा नयाँ ह्वासोङ-१७ अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण गरेको आरोप लगाएका छन्।

प्रकाशित मिति: १६:३५ बजे, शुक्रबार, चैत ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्