Kathmandu Press

राष्ट्रपति बाइडेन युक्रेन सीमानजिकको भ्रमणमा

ब्रसेल्स, चैत ११ : अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार पोलिस-युक्रेनी सीमानजिकैको एक सहरको यात्रा गर्ने जनाइएकाे छ।  एयर फोर्स वनले पूर्वी पोल्यान्डको रजेस्जो सहरमा...
राष्ट्रपति बाइडेन युक्रेन सीमानजिकको भ्रमणमा

ब्रसेल्स, चैत ११ : अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार पोलिस-युक्रेनी सीमानजिकैको एक सहरको यात्रा गर्ने जनाइएकाे छ।  

एयर फोर्स वनले पूर्वी पोल्यान्डको रजेस्जो सहरमा उडान भर्दै अमेरिकी राष्ट्रपतिलाई युद्धग्रस्त राष्ट्रबाट ८० किलोमिटर (५० माइल) भन्दा कम दुरीमा  पुर्याउनेछ। 

यो यात्रा नेटो सहयोगीहरूको रक्षा गर्न वाशिङटनको सक्रियतालाई पुष्टि गर्न महत्त्वपूर्ण मानिएको छ। युक्रेनमा एक महिनादेखि जारी युद्ध जसलाई राष्ट्रपति बाइडेनले तेस्रो विश्वयुद्धको सन्त्रासको रूपमा याख्या गर्दै आएका छन्। 

प्रकाशित मिति: १६:१९ बजे, शुक्रबार, चैत ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्