Kathmandu Press

राष्ट्रपतिद्वारा राजदूत डा शर्मालाई शपथ

काठमाडौं, चैत ११ :  राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा शङ्करप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन्। राष्ट्रपति...
राष्ट्रपतिद्वारा राजदूत डा शर्मालाई शपथ

काठमाडौं, चैत ११ :  राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा शङ्करप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन्। 

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्। समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्का उपस्थित थिए। 

नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेका थिए।

प्रकाशित मिति: १५:५५ बजे, शुक्रबार, चैत ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्