कालिकोटमा डोजर पल्टिँदा सहचालकको मृत्यु
कालिकोट, असोज १४ : खाँडाचक्र नगरपालिका–५ बिहानीखोलामा आज बिहान डोजर पल्टिँदा सहचालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, ....

कालिकोट, असोज १४ : खाँडाचक्र नगरपालिका–५ बिहानीखोलामा आज बिहान डोजर पल्टिँदा सहचालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, दैलेखको ठाँटिकाधका सहचालक भरतबहादुर शाहीको मृत्यु भएको हो। कर्णाली राजमार्ग खुलाउन जाँदा डोजर पल्टिँएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबहादुर ओलियाले बताए।
मंगलबार बिहान ४ बजे डोजर पल्टिँएको प्रहरीले जनाएको छ। उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ।
प्रकाशित मिति: १२:२९ बजे, मंगलबार, असोज १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












