कांग्रेसको केन्द्रीय समिति बैठक सानेपामा जारी
काठमाडौं, चैत ११ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ।आउँदो वैशाखमा हुने स्थानीय तहको निर्वाचनको तयारीबारे निर्णय लिन आजको...
काठमाडौं, चैत ११ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ।
आउँदो वैशाखमा हुने स्थानीय तहको निर्वाचनको तयारीबारे निर्णय लिन आजको बैठक बोलाइएको हो।
बैठकमा उम्मेदवारलाई टिकट वितरण गर्न संसदीय समिति गठन गरिने बताइएको छ। त्यसैगरी निर्वाचन प्रचारप्रसार, चुनावी तालमेललगायत अन्य विविध विषयमा छलफल हुने बताइएको छ।
स्थानीय तहको निर्वाचन तयारी र ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समीक्षा गर्ने एजेन्डा पनि तय गरिएकाे छ।
कांग्रेस विधानले उम्मेदवारको मनोनयन हुनु एक महिनाअघि नै उम्मेदवार छनोट गरिसक्नुपर्ने व्यवस्था गरेको छ। विधानअनुसार कांग्रेसले केन्द्रीय, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय गरी चार तहमा संसदीय समिति गठन गर्नुपर्नेछ।
प्रकाशित मिति: १५:५४ बजे, शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











