कांग्रेस प्रदेश सभापतिहरुकाे निष्कर्ष : गठबन्धनकाे अधिकार स्थानीय तहलाई नै दिऔं
काठमाडौं, चैत ११ : नेपाली कांग्रेसका प्रदेश सभापतिहरुले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने निष्कर्ष निकालेका छन्।कांग्रेस केन्द्रीय समिति बैठक बस्नुअघि आज (शुक्रबार)...
काठमाडौं, चैत ११ : नेपाली कांग्रेसका प्रदेश सभापतिहरुले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने निष्कर्ष निकालेका छन्।
कांग्रेस केन्द्रीय समिति बैठक बस्नुअघि आज (शुक्रबार) पार्टी कार्यालयमा छुट्टै बैठक राखेर सातै प्रदेशका सभापतिहरूले आफ्ना माग बैठकमा राख्ने निर्णय गरेका हुन्।
बैठकले पार्टीमा आफूहरूको वरीयता टुंग्याउन पनि माग गरेको छ। कांग्रेस विधानमा प्रदेश सभापतिहरूको वरीयता खुलाइएको छैन।
चुनावी उम्मेदवारबारे छलफल हुने केन्द्रीय समिति बैठकमा उनीहरूलाई आमन्त्रित सदस्यका रूपमा बोलाउने व्यवस्था गरिएको छ।
कांग्रेस केन्द्रीय समितिमा पदेन सदस्यका रूपमा र वरीयतामा सहमहामन्त्रीसरह प्रदेश सभापतिलाई मान्यता दिनुपर्ने माग उनीहरूले अघि सारेका छन्।
प्रकाशित मिति: १५:४१ बजे, शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











