प्राथमिकताका क्षेत्रलाई उचित सम्बोधन गर्ने बजेट ल्याउन निजी क्षेत्रकाे सुझाव
काठमाडाैं, चैत ११ : निजी क्षेत्रका प्रतिनिधिहरुले प्राथमिकताका क्षेत्रलाई उचित सम्बोधन गर्नेगरी आगामी वर्षको बजेट आउनुपर्ने धारणा राखेका छन्।शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ...
काठमाडाैं, चैत ११ : निजी क्षेत्रका प्रतिनिधिहरुले प्राथमिकताका क्षेत्रलाई उचित सम्बोधन गर्नेगरी आगामी वर्षको बजेट आउनुपर्ने धारणा राखेका छन्।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा उनीहरुले आगामी वर्ष आकारमा भन्दा पनि प्राथमिकताका क्षेत्रलाई उचित सम्बोधन हुनेगरी बजेट आउनुपर्ने धारणा राखेका हुन्।
बैठकमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चुस्त दुरुस्त बजेट ल्याउनुपर्ने सुझाव दिए। ठुलो आकारको बजेट ल्याएर पटकपटक सच्याउनुपर्ने अवस्था आउन नहुने र बजेटमा डुप्लिकेसन हुन नहुने उनको भनाइ थियाे।
त्यस्तै उनले बिकास खर्च समयमा नसकिदा समस्या देखिने गरेको भन्दै वर्तमान सरकारले यसअघिको कमी कमजोरीलाई सच्चाउदै बजेट ल्याउनुपर्ने बताए। उनले भारतीय पर्यटकलाई मध्यनगर गर्दै भारु ५ सय र २ हजारका नोट नेपालमा चल्ने व्यवस्था गर्न सुझाव दिनुभयो ।
त्यस्तै बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सन्दीप अग्रवालले नेपालमा भारतीय पर्यटकको सहजताका भारतीय नोटको कारोबारलाई नेपालमा वैध बनाउनुपर्ने बताए।
त्यस्तै उहाले कृषिमा आयकर पूर्ण छुट दिनुपर्ने, आयातलाई बढावा हुने गरि उचित व्यवस्था हुनुपर्ने उल्लेख गरे।
त्यस्तै होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले पर्यटकलाई आकर्षित गर्न सरकारले आवश्यक नीति ल्याउनुपर्ने बताए। कोरोना प्रभावित होटल व्यवसायलाई उकास्न सहयोग पुग्ने प्रकारको बजेट सरकारले ल्याउनुपर्ने उनले बताए।
त्यस्तै नेपाल चेम्बर आफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले बिदेशी मुद्राको सञ्चिती हेर्दा आर्थिक गतिविधि गर्न समस्या भएको भन्दै यसमा बिशेष ध्यान दिनुपर्ने बताए। समितिले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटका लागि नीजि क्षेत्रबाट सुझाव लिएको हो।











