Kathmandu Press

आयोगको पारदर्शिता बलियो बनाउनुपर्छ : प्रदेश प्रमुख गुरुङ

काठमाडौं, चैत ११ : गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लोकसेवा आयोगले आफ्नो पारदर्शिता र निष्पक्षतालाई अझै बलियो बनाउँदै लैजानुपर्ने बताएका छन्। गण्डकी प्रदेश लोकसेवा...
आयोगको पारदर्शिता बलियो बनाउनुपर्छ : प्रदेश प्रमुख गुरुङ

काठमाडौं, चैत ११ : गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लोकसेवा आयोगले आफ्नो पारदर्शिता र निष्पक्षतालाई अझै बलियो बनाउँदै लैजानुपर्ने बताएका छन्। 

गण्डकी प्रदेश लोकसेवा आयोगको प्रथम वार्षिकोत्सव समारोहको आज पोखरामा उद्घाटन गर्दै उनले आयोगले  अवलम्बन गरेको योग्यता, निष्पक्षता र स्वच्छताका मूल्य मान्यताको आधारमा प्रतिस्पर्धात्मक परीक्षा पद्धतिको माध्यमबाट योग्यतम व्यक्तिको छनोट हुन्छ भन्ने विश्वास दिलाएको बताए । उक्त विश्वासमा अझै उचाइ थप्न गण्डकी प्रदेश लोकसेवा आयोग सफल हुने उनको भनाई छ। 

स्थानीय सार्वजनिक प्रशासनलाई सक्षम र सुदृढ बनाउन प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवाका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा कर्मचारी छनोट गर्ने दायित्व पूरा गर्दा आयोगका मूल्यमान्यतालाई आत्मसात् गरी योग्य व्यक्ति छनोट गर्ने कुरामा आयोग परिवार कटिबद्ध भएर लाग्ने गुरुङले बताए। 

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयतालाई चिनाउनका लागि प्रदेश लोकसेवा आयोगको भूमिका महत्वपूर्ण हुने बताए। सुशासनका लागि सक्षम, सवल कर्मचारीतन्त्र आवश्यक हुनेमा जोड दिँदै उनले प्रदेश लोकसेवा आयोगले यहाँको आवश्यकताअनुसार सक्षम जनशक्ति दिने विश्वास व्यक्त गरे। 

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले गण्डकी प्रदेशले अरु क्षेत्रमा जस्तै प्रशासनिक क्षेत्रमा पनि नेतृत्व गर्नुपर्ने उल्लेख गर्दै प्रदेश लोकसेवा आयोगले योग्यता, दक्षतायुक्त जनशक्ति पठाउने बताए । आयोग स्थापनाको एक वर्षमा भएका कामकारबाही प्रशंसनीय भएको उनको भनाइ थियो । 

प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता पृथ्वीसुब्बा गुरुङले आयोगको एक वर्ष उपलब्धिपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा प्रदेशमा आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउनका लागि आयोग सफल बन्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १४:५० बजे, शुक्रबार, चैत ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्