चिनियाँ विदेशमन्त्री भारत भ्रमणमा
नयाँ दिल्ली, चैत ११ : चीनका विदेश मन्त्री वाङ यी भारत भ्रमणमा आएका छन्।भ्रमणका क्रममा उनले शुक्रबार सरकारी उच्च अधिकारीहरूसँग भेटवार्ता गरेको समाचारमा जनाइएको...
नयाँ दिल्ली, चैत ११ : चीनका विदेश मन्त्री वाङ यी भारत भ्रमणमा आएका छन्।
भ्रमणका क्रममा उनले शुक्रबार सरकारी उच्च अधिकारीहरूसँग भेटवार्ता गरेको समाचारमा जनाइएको छ।
उनले भारतीय समकक्षी एस जयशंकरसँग प्रतिनिधिमण्डल सहित हैदरावाद हाउसमा भेटवार्ता गरेका छन्।
त्यसअघि उनले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग उनकै कार्यालय साउद ब्लकमा भेटवार्ता गरेकाे अधिकारीहरूले जनाएका छन्।
दुवै जनासँगको भेटवार्ताका क्रममा विदेशमन्त्री यीले दुई पक्षीय हित, आपसी सहयोग तथा सहकार्य र साझा चासोका बारेमा कुराकानी गरेका थिए।
भारत र चीनबीचको सम्बन्धलाई अझ मजबुत, सुमधुर बनाउँदै सहकार्यका क्षेत्र तथा दायरा बढाउने बारेमा पनि उनीहरूले छलफल गरेको जनाइएको छ।
विभिन्न देशको भ्रमण गर्ने क्रममा उनी बिहीवार बेलुका भारतको संघीय राजधानी नयाँ दिल्ली आइपुगेका हुन्।
यही वर्ष चीनको राजधानी बेइजिङमा हुन लागेको ब्रिक्सका लागि निमन्त्रणा दिन चिनियाँ विदेशमन्त्री वाङ भारत आएको जनाइएको छ।
भारत आउनुअघि उनले पाकिस्तानको राजधानी इस्लामावादमा भएको इस्लामिक सहयोग संगठन (ओआइसी) को बैठकमा सहभागी भएका थिए।












