अष्ट्रेलियासँग हवाई सम्झाैता, नेपालले चार शहरमा उडान गर्न पाउने
काठमाडौं, असोज १४ : नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौता भएको छ। क्यानडामा जारी अन्तर्राष्ट्रिय हवाइ उड्डयन संगठन (आईकाओ)को मन्ट्रियलमा हवाई&....

काठमाडौं, असोज १४ : नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौता भएको छ। क्यानडामा जारी अन्तर्राष्ट्रिय हवाइ उड्डयन संगठन (आईकाओ)को मन्ट्रियलमा हवाई सम्झौता भएको हो। सम्झौतामा नेपालले सातामा सात उडान गर्न पाउने उल्लेख छ।
विगत लामो समयदेखि नेपाल र अष्ट्रेलियाले यो प्रक्रिया अगाडि बढाएपनि सम्झौता हुन सकेको थिएन। अष्ट्रेलियासँगको सम्झौतासँगै हवाई सम्झौता भएका मुलुक ४० वटा पुगेका छन्।
सम्झौतामा नेपालका एयरलाइन्सले उडान गर्न चाहेमा सिड्नी, मेलबर्न, पर्थ र ब्रिसवेन शहरमा उडान गर्न पाउने छन्।
त्यस्तै, अष्ट्रेलियाले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न पाउने छ।
अष्ट्रेलियाले नेपालको विमानस्थललाई आधार बनाएर दक्षिण एसिया तथा पूर्वी एसियामा उडान गर्न पाउने फिप्थ फ्रिडमको समेत उपयोग गर्न पाउने गरी सम्झौता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए।
सम्झौतामा नेपालका तर्फबाट सहसचिव सुरेश आचार्य र अष्ट्रेलियाको तर्फबाट संघीय, पूर्वाधार तथा यातायात एवं शहरी मन्त्रालयका क्षेत्रीय निर्देशक जियोम अल्फले हस्ताक्षर गरेका छन्। सम्झौताले नेपालको हवाई क्षेत्रमा नयाँ आयम थपिएको सहसचिव आचार्यले बताए।










-1754206481.jpg)
