Kathmandu Press

योगी आदित्य प्रदेश संसदीय दलको नेतामा निर्वाचित, शुक्रबार पुनः मुख्यमन्त्री बन्दै

योगी आदित्य प्रदेश संसदीय दलको नेतामा निर्वाचित, शुक्रबार पुनः मुख्यमन्त्री बन्दै

लखनऊ, चैत १० : भारतको उत्तर प्रदेशको मुख्यमन्त्रीका रुपमा योगी आदित्यले भोली शुक्रबार फेरि जिम्मेवारी सम्हाने भएका छन।

भारतीय जनता पार्टी (भाजपा)को प्रदेश संसदीय दलको नेतामा बिहीबार उनी निर्वाचित भएपछि उनी दोस्रो पटक मुख्यमन्त्री बन्ने सुनिश्चित भएको हो।

Hardik ivf

लखनऊमा भाजपाका विधायन सदस्यहरूलाई सम्वोधन गर्दै उनले उत्तर प्रदेशमा पहिलो पटक मुख्यमन्त्रीले पाँच बर्षे कार्यकाल पुरा गरेको चर्चा गर्दै त्यस्तो ऐतिहासिक पात्र आफु हुन पाएकोमा गौरव व्यक्त गरे। उनले पाँच बर्षे कार्यकाल सम्पन्न गरेर दोस्रो कार्यकालको जिम्मेवारीसमेत पाउन लागेकाले थप खुशी बनाएको बताए।

'मैले र पार्टीले उत्तर प्रदेशमा पाँच बर्षे कार्यकाल सफलतापूर्वक पुरा गरी दोस्रो कार्यकालको पनि जिम्मेवारी पाउनुको मुख्य श्रेय हाम्रो नेतृत्व प्रधानमन्त्री मोदीलाई जान्छ,' उनले भने।

हालै भएको विधान सभा निर्वाचनमा भारतीय जनता पार्टीले कुल ४०३ सिट मध्ये २५५ सिटमा जित हासिल गरेको छ।

प्रकाशित मिति: २०:४० बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्