Kathmandu Press

कास्की जिल्ला अदालतभित्र तोडफोड गर्ने व्यक्ति पक्राउ

कास्की, चैत १० : कास्की जिल्ला अदालतको परिसरभित्र अनाधिकृत प्रवेश गरी तोडफोड गरेकोअभियोगमा पोखरा महानगरपालिका १५ टुटुङ्गा बस्ने २७ वर्षीय अर्जुन परियार (दावा)...
कास्की जिल्ला अदालतभित्र तोडफोड गर्ने व्यक्ति पक्राउ

कास्की, चैत १० : कास्की जिल्ला अदालतको परिसरभित्र अनाधिकृत प्रवेश गरी तोडफोड गरेकोअभियोगमा पोखरा महानगरपालिका १५ टुटुङ्गा बस्ने २७ वर्षीय अर्जुन परियार (दावा)  लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका ६ बैदामस्थित उक्त अदालतमा बुधबार राति प्रवेश गरी १  नम्बर इजलास र ६ नम्बर इजलासको कोठाको ढोकामा लगाएको ताला फोडिएको अवस्थामा रहेको घटनामा संलग्न रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरीले पक्राउ गरेको हो ।

Hardik ivf

निज विगतमा समेत विभिन्न मुद्दामा संलग्न रहेको र लागूऔषध कसूरमा कारागारबाट गत फागुन २३ गते थुनामुक्त भएको अनुसन्धानबाट खुल्न आएको छ ।

उनलाई कास्की जिल्ला अदालतबाट नकबजनी चोरी उद्योग र आपराधिक उपद्रव मुद्दामा ८ दिन म्याद थप अनुमती लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: १८:५२ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्