Kathmandu Press

भारतमा कोरोना का दैनिक सङ्क्रमित दुई हजारभन्दा कम

भारतमा कोरोना का दैनिक सङ्क्रमित दुई हजारभन्दा कम

नयाँ दिल्ली, चैत १० : भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ।

भारतमा पछिल्लो २४ घण्टामा २ हजारभन्दा कम सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ।

Hardik ivf

भारतमा हाल सक्रिय सङक्रमितको संख्या २३ हजार ८७ पुगेको अधिकारीले जनाएका छन्। सक्रिय सङ्क्रमितको यो सङ्ख्या कूल सङ्क्रमितको ०.०६ प्रतिशत रहेको समाचारमा जनाइएको छ। यद्यपि बुधबार सार्वजनिक भएको तथ्याङ्कअनुसार सक्रिय सङ्क्रमितको संख्या २२ हजार ४२७ रहेको थियो। 

स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा  दुई हजार ५३१ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २४ लाख ७५ हजार ५८८ पुगेको छ। भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त दर ९८।७४ प्रतिशत रहेको समाचारमा जनाइएको छ। 

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण ६७ जनाको मृत्यु भएको सो मन्त्रालयले जानकारी दिएको छ। यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम पाँच लाख १६ हजार ६७२ को मृत्यु भइसकेको छ। 

भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयबाट हालसम्म कोरोना भाइरसविरुद्धको एक अर्ब ८२ करोड २३ लाख ३० हजार ३६५ डोज खोप लगाइएको छ। 

प्रकाशित मिति: १३:३८ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्