Kathmandu Press

चिनियाँ विदेशमन्त्री वाङ यी अफगानिस्तानमा

बेइजिङ, चैत १० : चीनका विदेशमन्त्री वाङ यी आज (बिहीबार) अफगानिस्तानको राजधानी काबुल पुगेका छन्।'चिनियाँ विदेशमन्त्री इस्लामिक इमिरेट्सका नेताहरूसँग वार्ता गर्न काबुल आइपुग्नुभएको छ,' तालिबान सरकारका शीर्ष...
चिनियाँ विदेशमन्त्री वाङ यी अफगानिस्तानमा

बेइजिङ, चैत १० : चीनका विदेशमन्त्री वाङ यी आज (बिहीबार) अफगानिस्तानको राजधानी काबुल पुगेका छन्।

'चिनियाँ विदेशमन्त्री इस्लामिक इमिरेट्सका नेताहरूसँग वार्ता गर्न काबुल आइपुग्नुभएको छ,' तालिबान सरकारका शीर्ष अधिकारी अहमद यासिरले ट्वीटरमा उल्लेख गरेका छन्।

दक्षिण एसियाली मुलुकहरुको भ्रमण रहेका उनी इस्लामिक मुलुकहरुको समूह अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसनको सम्मेलनमा भाग लिन पाकिस्तान गएका थिए।

पाकिस्तानबाट भारतको नयाँ दिल्ली पुग्ने कार्यक्रम थियो। नयाँ दिल्लीबाट उनी नेपाल आउने बताइएको थियो। तर भ्रमण तालिकामा नरहे पनि उनी एकाएक काबुल पुगेको बताइएको छ।

प्रकाशित मिति: १३:३० बजे, बिहीबार, चैत १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्