Kathmandu Press

दक्षिण कोरियामा एकै दिनमा झन्डै ४ लाख जनामा कोरोना सङ्क्रमित

सियोल, चैत ९ : दक्षिण कोरियामा एकै दिनमा झन्डै ४ लाख जनामा धेरै कोरोना भाइरसका सङ्क्रमित भेटिएका बिहीबार प्राप्त समाचारमा बताइएको छ।प्राप्त समाचारअनुसार...
दक्षिण कोरियामा एकै दिनमा झन्डै ४ लाख जनामा कोरोना सङ्क्रमित

सियोल, चैत ९ : दक्षिण कोरियामा एकै दिनमा झन्डै ४ लाख जनामा धेरै कोरोना भाइरसका सङ्क्रमित भेटिएका बिहीबार प्राप्त समाचारमा बताइएको छ।

प्राप्त समाचारअनुसार यहाँ बुधबार गएको २४ घण्टायता मात्र ३ लाख ९५ हजारभन्दा बढी कोरोना सङ्क्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँका अधिकारीहरुले पछिल्ला केही दिनमा यहाँ कोरोना भाइरसका सङ्क्रमितहरुको संख्यामा केही कमी आएको तर उल्लेख्य मात्रामा भने घट्न नसकेको बताएका हुन्। यहाँ बुधबार तीन लाख ९५ हजार ७०० जनाजति सङ्क्रमित पाइएको उनीहरुले बताएका छन्।

दक्षिण कोरियाको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो। सो एजेन्सीका अनुसार यहाँ गएको २४ घण्टा यता त्यो भन्दा अघिल्लो दिनका तुलनामा भने केही कमी आएको बताइएको छ। अघिल्लो दिनमात्र यहाँ ४ लाख ९० हजार जनाको हाराहारीमा संक्रमितहरु भेटिएका थिए।

सो निकायका अनुसार अहिलेसम्म यहाँ कोरोना सक्रमित हुनेको संख्या एक करोड नाघेको छ। यहाँ पछिल्ला केही दिनमा दैनिक कम्तीमा पनि तीन लाखको संख्यामा संक्रमित देखिने गरेका छन्। यहाँका अधिकारीहरुले कोरियामा पछिल्ला हप्ताहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको बताएका छन्।

उनीहरुले नागरिकहरुले पूर्णमात्रामा खोप लगाएकाले उनीहरुमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको बताएका छन्।

प्रकाशित मिति: १२:४७ बजे, बिहीबार, चैत १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्