Kathmandu Press

युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच फोनवार्ता

युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच फोनवार्ता

किभ, चैत १० : युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ। जेलेन्स्कीले आफूले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसँग फोनमा कुराकानी गरेको भनेर बुधबार युक्रेनी मिडियालाई जानकारी दिएका हुन् ।

उनले बुधबार भनेका थिए, 'हामीले बेलायतका प्रधानमन्त्रीसँग कुराकानी गरेका छौँ र यतिखेर युक्रेनमाथि भएको रुसी हमलाका बिरुद्धमा आवश्यक सहयोगका बारेमा हामीले छलफल गरेका छौं।'

युक्रेनका राष्ट्रपति जेलिन्स्किीले आफूले बिहीबार हुन लागेको ग्रुप अफ ७ को बैठक अगाडि नै बेलायतले युक्रेनलाई केही सहयोग गर्ने विषयमा बेलायती प्रधानमन्त्री जोनसनले जानकारी गराएको बताए।

यसअघि नै बेलायतका प्रधानमन्त्री जोनसनले पनि युक्रेनलाई आवश्यक सहयोग उपलब्ध गराउन विश्व समुदायलाई आग्रह गरेका थिए।उनले ट्वीट गरेर युक्रेनलाई बचाउन विश्व समुदायले उसलाई सैन्य सहयोग उपलब्ध गराउनु आवश्यक रहेको पनि प्रधानमन्त्री जोनसनले विश्व समुदायलाई आग्रह गरेका थिए।

प्रकाशित मिति: १२:३९ बजे, बिहीबार, चैत १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्