Kathmandu Press

पोर्चुगलका प्रधानमन्त्रीद्वारा नयाँ सरकार  गठन

लिस्बन, चैत १० : पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले बुधबार नयाँ सरकार गठनको नामावली प्रस्तुत गरेका छन्।सो  प्रस्तावलाई राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले स्वीकार...
पोर्चुगलका प्रधानमन्त्रीद्वारा नयाँ सरकार  गठन

लिस्बन, चैत १० : पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले बुधबार नयाँ सरकार गठनको नामावली प्रस्तुत गरेका छन्।

सो  प्रस्तावलाई राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले स्वीकार गरेका छन्। त्यसमा कुल १७ मन्त्री र ३८ राज्यमन्त्रीको नामावली प्रस्तुत गरिएको छ।

Hardik ivf

पुरुषभन्दा बढी महिला मन्त्रीहरू सहभागी रहेको नयाँ सरकार पोर्चुगलको लोकतान्त्रिक इतिहासमा पहिलो हुनेछ।  जसमा राष्ट्रिय रक्षा मन्त्री हेलेना कारेरास सो पद ग्रहण गर्ने पहिलो महिला हुनेछिन्।

प्रधानमन्त्री कोस्टाले बताएअनुसार नयाँ सरकारको बलियो राजनीतिक आधार छ जुन पोर्तुगाली समाजमा विविध अनुभवहरू भएका व्यक्तिहरू मिलेर बनेको छ।

नयाँ मन्त्रीहरुको शपथ ग्रहण चैत ३० गते हुने बताइएको छ।

प्रकाशित मिति: १२:३३ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्