Kathmandu Press

अवरुद्ध भिमदत्त राजमार्ग सञ्चालन

डडेलधुरा, चैत ९ : पहिराका कारण अवरुद्ध भिमदत्त राजमार्ग केहीबेरअघि सञ्चालनमा आएको छ। सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनःसञ्चालनमा आएको हो।डडेल्धुराको...
अवरुद्ध भिमदत्त राजमार्ग सञ्चालन
Hardik ivf

डडेलधुरा, चैत ९ : पहिराका कारण अवरुद्ध भिमदत्त राजमार्ग केहीबेरअघि सञ्चालनमा आएको छ। सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनःसञ्चालनमा आएको हो।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–साहुखर्कमा सडक माथिबाट खसेको सुख्खा पहिराका कारण अवरुद्ध भएको राजमार्ग सञ्चालनमा आएको प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। डोजर लगाएर पहिरो पन्छाइ राजमार्ग सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ। अवरुद्ध भएको साढे पाँच घण्टापछि सञ्चालनमा आएको हो।

प्रकाशित मिति: १८:१८ बजे, बुधबार, चैत ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्