Kathmandu Press

न्यूयोर्कमा ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड’ हुँदै

काठमाडौं, असोज १३ : न्यूयोर्कमा ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्यूयोर्क–२०१९’ हुन लागेको छ।

नेपाली गीत संगीतलाई संरक्षण तथ....

न्यूयोर्कमा ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड’ हुँदै

काठमाडौं, असोज १३ : न्यूयोर्कमा ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्यूयोर्क–२०१९’ हुन लागेको छ।

नेपाली गीत संगीतलाई संरक्षण तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न म्युजिक अवार्ड हुन लागेको जनाएको छ। वल्र्ड कनेक्कसन, अमेरिकाले आयोजना गर्ने कार्यक्रममा १८ विधाका उत्कृष्ट तीन जना नेपाली कलाकारलाई पुरस्कृति गरिने भएको छ।

वर्ल्ड कनेक्कशन अमेरिकाका उपाध्यक्ष दावा शेर्पाले नेपाली गीत संगीतको विकासका लागि कार्यक्रम आयोजना गरिएको बताए। ‘नेपाली गीत संगीत व्यवसायिक बन्दै गएको छ, त्यसमा यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमले अझ मद्दत पुर्‍याउने हामीले विश्वास गरेका छौ,’ उनले भने।

नोभेम्बर २३ आयोजना हुने कार्यक्रममा गायक तथा संगीतकार प्रेमध्वज प्रधान, संगीतकार शान्तिराम राई, वरिष्ठ गायिका तारा थापा, रचनाकार तुलसी बस्नेत र जेबी संयोगी घले पनि सहभागी हुनेछन्।

यसमा ३२ देशका कलाकार सहभागी हुने जनाएको छ।

 

प्रकाशित मिति: १४:४५ बजे, सोमबार, असोज १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्