Kathmandu Press

फिलिपिन्समा विदेशी पर्यटकलाई सहजै प्रवेश दिन राष्ट्रपतिको निर्देशन

मनिला, चैत ९ : फिलिपिन्समा विदेशी पर्यटकहरुलाई सहजै प्रवेश गर्न दिन राष्ट्रपति रोड्रिगो डुटेर्टेले निर्देशन दिएका छन्।कोरोनाभाइरसका कारण विदेशी पर्यटकहरुको प्रवेशमा कडाइ गरिदै...
फिलिपिन्समा विदेशी पर्यटकलाई सहजै प्रवेश दिन राष्ट्रपतिको निर्देशन

मनिला, चैत ९ : फिलिपिन्समा विदेशी पर्यटकहरुलाई सहजै प्रवेश गर्न दिन राष्ट्रपति रोड्रिगो डुटेर्टेले निर्देशन दिएका छन्।

कोरोनाभाइरसका कारण विदेशी पर्यटकहरुको प्रवेशमा कडाइ गरिदै आइएकोमा अहिले महामारी कम भएकाले अव खुकुलो बनाउनु पर्ने उनको भनाइ छ।

Hardik ivf

विदेशी पर्यटकहरुका कारण देशको आर्थिक अवस्था सुधार गर्न सहज हुने अपेक्षा पनि गरिएको उनले बताए। 'विदेशी पर्यटकहरु आउदा विदेशी रकम पनि आउछ, त्यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नुका साथै आर्थिक सन्तुलनमा समेत सहयोग पुग्छ,' उनले जारी गर्नु भएको निर्देशनमा उल्लेख छ । 

निर्देशनमा उनले सोमबार हस्ताक्षर गर्नु भएको हो। उनले कोरोना सम्वन्धी अन्य प्रतिवन्धात्मक व्यवस्थालाई पनि खुकुलो बनाइएको जानकारी दिएका छन्। देशको अर्थतन्त्रमा सुधार ल्याउन तत्काल नयाँ कार्यक्रमहरु ल्याउनु पर्नेमा पनि राष्ट्रपति डुटेर्टेले जोड दिएका छन्।

फिलिपिन्समा अहिलेसम्म कोरोनाभाइरसका कारण ३० लाख ६७ हजार मानिस सङ्क्रमित भएका छन् भने  ५८ हजार २८१ जनाको मृत्यु भएको विवरण छ।

देशको अहिलेको कुल जनसङ्ख्या छ करोड ५० लाख २० हजारभन्दा बढी रहेकोमा ती मध्ये ७२।४९ प्रतिशतले पूर्ण खोप लगाइसकेका सरकारी अधिकारीहरुको दाबी छ।

प्रकाशित मिति: १६:१३ बजे, बुधबार, चैत ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्