Kathmandu Press

तीन मात्रा काेराेना खोप लगाउनेमा मृत्युदर उल्लेख्य मात्रामा कम

तीन मात्रा काेराेना खोप लगाउनेमा मृत्युदर उल्लेख्य मात्रामा कम

हङकङ, चैत ९ : कोभिड १९ का विरुद्धमा लगाइएको तीन मात्रा खोपका कारण कोभिडबाट हुने मृत्युमा उल्लेख्य मात्रामा कमी आएको देखिएको छ।

हङकङमा गरिएको एक अध्ययनमा यस्तो अवस्था देखिएको समाचारमा जनाइएको छ। हङकङमा उपलब्ध भएका दुई प्रकारका कोभिड खोपमा यस्तो अवस्था देखिएको बताइएको हो।

हङकङमा लगाइएका दुई प्रकारका खोपमा यो अनुसन्धान गरिएको थियो। यहाँ लगाइएका सिनोभ्याक र अर्काे एक खोपको तीन मात्रा लिएका नागरिकमा ९८ प्रतिशत प्रभावकारिता पाइएको हो।

साथै यो खोप लगाएका नागरिकमा गरिएको सो अध्ययन अनुसार खोप नलगाएका नागरिकका तुलनामा खोप लगाएकामा मृत्यु दर ९८ प्रतिशत कम देखिएको पाइएको हो । कोभिडका विरुद्धको तीन मात्रा खोप लगाएका ६० वर्ष भन्दा माथिका नागरिकमा सो अनुसन्धान गरिएको थियो।

प्रकाशित मिति: १२:४४ बजे, बुधबार, चैत ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्