Kathmandu Press

अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानका प्रधानमान्त्रीको आग्रह

इस्लामावाद, चैत ९ : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गरेका छन्।उनले विश्वका इस्लामिक देशहरुलाई यस्तो आग्रह गरेका हुन्। प्रधानमन्त्री खानले...
अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानका प्रधानमान्त्रीको आग्रह

इस्लामावाद, चैत ९ : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गरेका छन्।

उनले विश्वका इस्लामिक देशहरुलाई यस्तो आग्रह गरेका हुन्। प्रधानमन्त्री खानले विश्वका इस्लामिक देशहरुलाई हाल अफगानिस्तानले सामना गरिरहेका समस्याका बारेमा अध्ययन गर्न आग्रह गरेका हुन्।

Hardik ivf

उनले हाल अफगानिस्तानले निकै अप्ठेरो परिस्थितिको सामना गरिरहेकाले यस्तो अवस्थामा विश्वका सबै इस्लामिक देशहरुले सहयोग गर्नुपर्ने आवश्यकता रहेको धारणा राखेका हुन्।

‘अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन, आइसीको विदेश मन्त्रीहरुको ४८औं सम्मेलनलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन्।

पाकिस्तानको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार यस सम्मेलनमा विश्वव्यापी तथा क्षेत्रीय राजनीतिक एवं अन्य मुद्दाहरु, एजेण्डामा छलफल भइरहेको छ। 'त्यस सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्री खानले लामो हिंसात्मक द्वन्द्वपछि हाल तालिबान सरकार रहेको अफगानिस्तानमा अहिले नै मानवीय सहायताको खाँचो परेको र यसका लागि सहयोग गर्नु इस्लामिक देशहरुको कर्तव्य पनि भएको बताएका थिए।

उनले अगानिस्तानमाथि लगाइएका विभिन्न खालका प्रतिबन्ध तथा नाकाबन्दीहरुलाई हटाउन र यहाँका नागरिकलाई परेको आवश्यकताको खाँचो पूरा गर्न सबै इस्लामिक देशहरु लाग्नका लागि पनि आग्रह गरेका थिए। 

प्रकाशित मिति: १२:३४ बजे, बुधबार, चैत ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्