Kathmandu Press

अमेरिकामा एक महिनामा दुई लाख ७० हजार बालबालिका सङ्क्रमित

वासिङ्टन, चैत ८ : अमेरिकामा पछिल्लो एक महिनामा दुई लाख ७० हजार बालबालिका कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएका छन् । अमेरिकाको वालबालिका अस्पताल संघले सोमबार दिएको...
अमेरिकामा एक महिनामा दुई लाख ७० हजार बालबालिका सङ्क्रमित

वासिङ्टन, चैत ८ : अमेरिकामा पछिल्लो एक महिनामा दुई लाख ७० हजार बालबालिका कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएका छन् । 

अमेरिकाको वालबालिका अस्पताल संघले सोमबार दिएको जानकारीअनुसार महामारी सुरु भएदेखि अहिलेसम्म भने एक करोड २० लाख ८० हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

Hardik ivf

गत मार्च १७ सम्ममा पछिल्लो एक हप्तामा भने ३१ हजार ९९१ बालबालिका कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ठूलो सङ्ख्यामा बालबालिकाहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएको विषयलाई अमेरिकी अधिकारीहरुले चिन्ताको रुपमा लिएका छन् ।  

‘यसले बालबालिकाको स्वास्थ्यमा असर पार्नेछ भन्ने कुरालाई गम्भीर रुपमा लिनु पर्दछ, त्यसैले त्यसतर्फ बेलैमा ध्यान दिनु पर्दछ,’ एक अधिकारीले भने।  

प्रकाशित मिति: १७:२६ बजे, मंगलबार, चैत ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्