Kathmandu Press

इजरायलका प्रधानमन्त्री भारत भ्रमणमा आउने

इजरायल, चैत ८ : इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेट आगामी महिना भारत भ्रमणमा आउनु हुने भएको छ ।उनी आगामी अप्रिल ३ देखि भ्रमणमा आउनु हुने...
इजरायलका प्रधानमन्त्री भारत भ्रमणमा आउने
Hardik ivf

इजरायल, चैत ८ : इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेट आगामी महिना भारत भ्रमणमा आउनु हुने भएको छ ।उनी आगामी अप्रिल ३ देखि भ्रमणमा आउनु हुने निश्चित भएको अधिकारीहरुले मङ्गलवार जानकारी दिएका छन् । गत बर्ष प्रधानमन्त्रीमा निर्वाचित भएपछि उहाँले पहिलो पटक भारतको भ्रमण गर्न लागेका हुन्। 

भारत र इजरायलका बीचमा कुटनीतिक सम्वन्ध स्थापना भएको ३० औँ बार्षिकोत्सवको अवसरमा उनले भारतको भ्रमण गर्न लाग्नु भएको अधिकारीहरुले जनाएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उनले यही अप्रिल ३ देखि ५ सम्म भ्रमण गर्ने तय भएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।

उनीहरुका बीचमा यसअघि गत नोभेम्बरमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्वन्धी सम्मेलनमा साइडलाईन भेटवार्ता भएको थियो।

प्रकाशित मिति: १७:२३ बजे, मंगलबार, चैत ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्