Kathmandu Press

यूक्रेनबाट ३५ लाख मानिस विस्थापित : राष्ट्रसंघ

जेनेभा, चैत ७ : रुसले यूक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म यूक्रेनबाट झण्डै ३५ लाख मानिस विस्थापित भएका छन्।राष्ट्रसंघीय निकायले सोमबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार...
यूक्रेनबाट ३५ लाख मानिस विस्थापित : राष्ट्रसंघ

जेनेभा, चैत ७ : रुसले यूक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म यूक्रेनबाट झण्डै ३५ लाख मानिस विस्थापित भएका छन्।

राष्ट्रसंघीय निकायले सोमबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विस्थापित भएकाहरू अधिकांश छिमेकी मुलुकहरूमा पुगेका छन्।

त्यसैगरी अरु करिब एक करोड मानिस भने आन्तरिक रुपमा विस्थापित भएका छन्। उनीहरु यूक्रेन भित्रकै एक ठाउँबाट अर्को ठाउँमा गएर लुकेको पाइएको छ।  

संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकाय यूएनएचसीआरले ३४ लाख ८९ हजार ६४४ यूक्रेनी नागरिक विस्थापित भएको उल्लेख गरेको हो।

यूक्रेनमा छिमेकी ठूलो मुलुक रुसले गत फेब्रअरी २४ देखि आक्रमण गरेको हो। आक्रमण र वार्ता अहिले पनि जारी छ। तर वार्ताले नतिजा दिन सकेको छैन।

'पछिल्लो झण्डै चार हप्ता विश्वको ध्यान यूक्रेनतर्फ केन्द्रित भएको छ, यसलाई चिन्ताको विषयको रुपमा लिइएको छ,' यूएनएचसीआरका प्रमुख फिलिप्पो ग्रान्डीले भने।  

प्रकाशित मिति: २०:३३ बजे, सोमबार, चैत ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्