Kathmandu Press

दर्जनभन्दा बढी नेटो जहाजहरू स्टकहोम प्रस्थान

दर्जनभन्दा बढी नेटो जहाजहरू स्टकहोम प्रस्थान

ब्रसेल्स, चैत ७ : सैन्य अभ्यास पछि नेटो देशहरूका १३ युद्धपोतहरू स्टकहोमतर्फ प्रस्थान गरेको स्विडेनको अफ्टनब्लाडेट अखबारले उल्लेख गरेको छ।

युद्धपोतहरूमा नौ जर्मन जहाज र बाल्टिकबाट चार जहाज समावेश छन्। ती जहाजहरू अभ्यास पछि फ्रिहम्नेन बन्दरगाहतर्फ लागेको अखबारले आइतबार स्विडेनी सेनालाई उद्धृत गर्दै जनाएको छ।

Hardik ivf

ती जहाजहरुको यात्रा जारी रुस-युक्रेन द्वन्द्वसँग कुनै सम्बन्ध नरहेको पनि जनाइएको छ। याता नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले  भने नेटो सदस्य राष्ट्रहरूले युक्रेनलाई आफ्नो समर्थन बढाउँदै गरेको बताएका छन् ।

डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र ९डीपीआर र एलपीआर० ले कीभ सेनाहरू विरुद्ध आफ्नो रक्षा गर्न मद्दतको लागि अपिल गरेपछि रूसले युक्रेनमा विशेष सैन्य कारबाही  सुरु गरेको हो।

प्रकाशित मिति: १५:३३ बजे, सोमबार, चैत ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्