१५ वर्षीया बालिकालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
चितवन, चैत ७ : बालयौन दुव्र्यवहार गरेको अभियोगमा एक जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोमेश्वर माध्यामिक विद्यालय माडीका शिक्षक सुरज लामिछाने...
चितवन, चैत ७ : बालयौन दुव्र्यवहार गरेको अभियोगमा एक जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोमेश्वर माध्यामिक विद्यालय माडीका शिक्षक सुरज लामिछाने रहेका छन् ।
माडी नगरपालिका–५ निवासी उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
उनलाई कक्षा ९ मा अध्ययनरत १५ वर्षीया बालिकालाई यौन दुव्र्यवाहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।
पक्राउ परेका शिक्षकमाथि अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए।
प्रकाशित मिति: १५:२५ बजे, सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










