Kathmandu Press

अल्जेरिया र तान्जानियाका समकक्षीसँग चिनियाँ विदेशमन्त्रीको फोनवार्ता

बेइजिङ, चैत ७ : चिनियाँ विदेशमन्त्री वाङ यीले अल्जेरिया र तान्जानियाका विदेशमन्त्रीसँग फोनवार्ता गरेका छन्।उनले आइतबार अल्जेरियन विदेशमन्त्री रामताने लामरा र तान्जानियाका विदेशमन्त्री लिबर्ता...
अल्जेरिया र तान्जानियाका समकक्षीसँग चिनियाँ विदेशमन्त्रीको फोनवार्ता

बेइजिङ, चैत ७ : चिनियाँ विदेशमन्त्री वाङ यीले अल्जेरिया र तान्जानियाका विदेशमन्त्रीसँग फोनवार्ता गरेका छन्।उनले आइतबार अल्जेरियन विदेशमन्त्री रामताने लामरा र तान्जानियाका विदेशमन्त्री लिबर्ता मुलामासँग फोनवार्ता गरेका हुन्।

चिनियाँ समाचार समिति सिन्ह्वाले दिएको जानकारीअनुसार उनले ती दुई देशका विदेशमन्त्रीहरुसँग गर्नुभएको भेटवार्तामा चीन र ती दुई देशबीचको सम्बन्धका साथै आपसी हितका बारेमा कुराकानी गरेका थिए।

Hardik ivf

साथै ती फोनवार्ताहरुमा उनले रुस र युक्रेनका बीचमा हालै सुरु भएको युद्धबारे पनि कुराकानी गरेको बताइएको छ।

चिनियाँ विदेशमन्त्री यीले अल्जेरिया र तान्जानियालाई आपसी हितको विकास गर्दै दुई देशका बीचमा आर्थिक लगानीका सम्भावनाहरुका बारेमा कुराकानी गर्नुभएको बताइएको छ।

ती दुई देशका विदेशमन्त्रीसँग उहाँले आर्थिक लगानी, यसका सम्भावनाहरुका साथै दुवै देशकाबीचमा आपसी हितको प्रवद्र्धन कसरी गर्ने भन्ने बारेमा कुराकानी भएको थियो। 

प्रकाशित मिति: १२:१५ बजे, सोमबार, चैत ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्