Kathmandu Press

रुस र युक्रेनबीच युद्धविरामका लागि प्रगति देखिएकाे छ : टर्की

अंकारा, चैत ७ : रुस र युक्रेनका बीचमा युद्धविरामका लागि सकारात्मक प्रगति भएको देखिएको टर्कीले जनाएको छ।टर्कीका विदेशमन्त्रीले रुस र युक्रेनका बीचमा युद्धविरामका...
रुस र युक्रेनबीच युद्धविरामका लागि प्रगति देखिएकाे छ : टर्की

अंकारा, चैत ७ : रुस र युक्रेनका बीचमा युद्धविरामका लागि सकारात्मक प्रगति भएको देखिएको टर्कीले जनाएको छ।

टर्कीका विदेशमन्त्रीले रुस र युक्रेनका बीचमा युद्धविरामका लागि सहमति भएको र कतिपय बुँदाहरुमा प्रगति भएको टर्कीका विदेशमन्त्री मेभलुत केभेस्लुतले जानकारी दिएका हुन्।

Hardik ivf

यसअघि पनि यी दुई देशबीच विभिन्न समयमा एक दिने युद्धविराम भएका थिए र यसले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न सजिलो भएको थियो। मस्कोले अहिले पनि कतिपय भूभागमा बिहान ९ देखि बेलुका ९ बजेसम्म युद्धविराम गर्ने गरेको बताइएको थियो तर पनि त्यसको पालना भने भएको थिएन।

उत्तरपश्चिममा इरपिन र बुचालगायत राजधानी वरपरका क्षेत्रहरूमा रहेका नागरिकहरूलाई रुसी सेनाको भीषण बमबारीबाट बच्न किभमा सारिएको बताइएको छ । रुसी सिमानानजिक रहेको दुई लाख ५० हजार जनसंख्या भएको सहर सुमीबाट हजारौँ नागरिक विस्थापित भएका छन्। यस सहरमा रुसले ठूला आक्रमण गर्ने गरेको छ।

निरन्तरको आक्रमणले युक्रेनको जनजीवन अस्तव्यस्त भएको छ। यहाँका ठूलो संरचनाहरु आकासबाट गरिएका बमबारीले ध्वस्त भएका छन्। यसैले पहिला युद्धविराम गरी त्यसपछि मात्र वार्ताको टेबलमा बस्नुपर्ने युक्रेनले बताएको छ । वार्ताका लागि टर्कीले पनि पहल गरेको छ।

दुई देशको वार्ताका लागि टर्कीले मध्यस्थताको पहल गरिरहेको जनाएको छ। तर वार्ता निष्कर्षमा पुग्न भने सकेको छ्न्।

प्रकाशित मिति: १२:०८ बजे, सोमबार, चैत ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्