Kathmandu Press

रुसी नौसेनाका वरिष्ठ कमान्डर युक्रेनमा मारिए

रुसी नौसेनाका वरिष्ठ कमान्डर युक्रेनमा मारिए

मस्को, चैत ७ : रुसको ब्ल्याक सी फ्लिटका एक वरिष्ठ नौसेना कमान्डर युक्रेनमा मारिएका छन्।

क्राइमिया प्रायद्वीपको बन्दरगाह सहर सेवास्टोपोलका गभर्नरले आइतबार साे कुराकाे पुष्टि गरेका छन्।

पूर्वी युक्रेनी बन्दरगाह सहर मारियुपोलमा लडाइँका क्रममा फ्लिटका डेपुटी कमान्डर पोस्ट क्याप्टेन आन्द्रेई पालीको मृत्यु भएको हो।

मिखाइल रजभोजायेभले मेसेजिङ एप टेलिग्राममा सो कुरा उल्लेख गरेका छन्।  सेभास्टोपोल रूसको ब्ल्याक सी फ्लीटको आधार हो।

प्रकाशित मिति: १२:०२ बजे, सोमबार, चैत ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्