Kathmandu Press

मूल्यवृद्धि समायोजन गर्न निर्माण व्यवसायीको माग

चितवन, चैत ६ : निर्माण व्यवसायीहरुले मूल्यवृद्धि समायोजन गर्न माग गरेका छन्। निर्माण व्यवसायी सङ्घ चितवनले आज प्रमुख जिल्ला अधिकारी आस्मान तामाङमार्फत प्रधानमन्त्रीलाई...
मूल्यवृद्धि समायोजन गर्न निर्माण व्यवसायीको माग

चितवन, चैत ६ : निर्माण व्यवसायीहरुले मूल्यवृद्धि समायोजन गर्न माग गरेका छन्। निर्माण व्यवसायी सङ्घ चितवनले आज प्रमुख जिल्ला अधिकारी आस्मान तामाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै मूल्यवृद्धि नियन्त्र र मूल्यवृद्धि समायोजन गर्न माग गरेको हो।

सङ्घका जिल्ला अध्यक्ष केशवप्रसाद लामिछाने नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा कोभिडले असहज भएको निर्माण व्यवसायीमा मूल्यवृद्धिले झनै ठूलो प्रभाव पारेको उल्लेख छ। ज्ञापनपत्रमा भनिएको छ 'मूल्यवृद्धि समायोजन गराई तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्ने हाम्रो इच्छालाई प्रभावकारी कार्यान्वयनका लागि माग गर्दछौंँ।'

सरकारमार्फत यस समस्याको सूक्ष्म विश्लेषण र अनुगमन गरी मूल्यवृद्धि नियन्त्रणका लागि समेत ठोस पहल गर्न ज्ञापनपत्रमा माग गरिएको छ। आफ्ना मागहरु पूरा नभए कन्स्ट्रक्सन होलिडे गरी आन्दोलनका कार्यक्रमहरु गर्न बाध्य हुने चेतावनी दिइएको छ। फलामजन्य सामग्री, सिमेन्ट, बिटुमिन, इन्धन, इँट्टालगायत नदीजन्य निर्माण सामग्रीको मूल्यवृद्धिसँगै अभाव सिर्जना गरिएको व्यवसायीहरुले जनाएका छन्। ज्ञापनपत्र बुझ्दै प्रजिअ तामाङले व्यवसायीको माग जायज रहेको र ज्ञापनपत्र सम्बन्धित निकायसम्म पुर्‍याउने बताए।

प्रकाशित मिति: २०:३९ बजे, आइतबार, चैत ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्