सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घट्यो
काठमाडौं, असोज १२ : लगातार बढ्दै आएको सुनको भाउ आइतबार भने घटेको छ।
आइतबार सुन प्रतितोला ७० हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल....

काठमाडौं, असोज १२ : लगातार बढ्दै आएको सुनको भाउ आइतबार भने घटेको छ।
आइतबार सुन प्रतितोला ७० हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार छापावाला सुन प्रतितोला ७० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो।
यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला ७० हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आइतबार प्रतितोला ६९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ। तेजाबी सुन पनि प्रतितोला ६ सय रुपैयाँले नै घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा ओरालो लागेको कारण त्यसको प्रभाव नेपाली बजारमा परेको हो। यस्तै, चाँदी पनि शुक्रबारको तुलनामा १५ रुपैयाँले घटेर प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भएको छ।










-1754206481.jpg)
