डोजरले सडकको हिउँ पन्छाइदै
जुम्ला, माघ २२ : सडकमा जमेको हिउँ नपग्लिएपछि डोजर लगाउन थालिएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाको भुलभुलेमा डोजर लगाएर सडक खुलाउन लागिएको हो ।
....
जुम्ला, माघ २२ : सडकमा जमेको हिउँ नपग्लिएपछि डोजर लगाउन थालिएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाको भुलभुलेमा डोजर लगाएर सडक खुलाउन लागिएको हो ।
भारी हिमपातका कारण नाग्म–गमगढी सडक दुई सातादेखि अवरुद्ध । मुगु सदरमुकाम गमगढीमा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको जनाएको छ ।
जसले गर्दा सडक खुलाउन डोजर चलाउन थालिएको सडक डिभिजन कार्यालय, जुम्लाले जनाएको छ । दुई दिनदेखि सडक डिभिजन कार्यालय जुम्लाको डोजरले हिउँ फालिदै छ । सडक खुल्न अझै दुई तीन दिन लाग्ने जनाएको छ ।
भुलभुलेलगायतको बिभिन्न ठाउँमा चार फिट बाक्लो हिउँ जमेको छ । हिउ पर्न छोडेपनि पग्लिएको छैन् ।
प्रकाशित मिति: १०:३३ बजे, मंगलबार, माघ २२, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार