Kathmandu Press

भारतमा कोरोना भाइरसका दैनिक सङ्क्रमित दुई हजारभन्दा कम

नयाँ दिल्ली, चैत ६ : भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन घट्दै गइरहेको छ।भारतमा पछिल्लो २४ घण्टामा दुईभन्दा कम सङ्क्रमित भएका केन्द्रीय...
भारतमा कोरोना भाइरसका दैनिक सङ्क्रमित दुई हजारभन्दा कम

नयाँ दिल्ली, चैत ६ : भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन घट्दै गइरहेको छ।

भारतमा पछिल्लो २४ घण्टामा दुईभन्दा कम सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ।

Hardik ivf

गत २४ घण्टामा ४ लाख ३१ हजार ९ सय ७३ जनाको कोरोना परिक्षण गरिएकोमा १ हजार ७६१ जनामा मात्र कोरोना सङ्क्रमण भएको जनाइएको छ। यद्यिप शनिबार मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबार दुई हजार ७५ जनामा यो सङ्क्रमण देखिएको थियो। 

योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने २६ हजार २४० पुगेको अधिकारीले जनाएका छन्। सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको ०.०६ प्रतिशत रहेको समाचारमा जनाइएको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा तीन हजार १९६ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या ४ करोड २४ लाख ६५ हजार १ सय २२ पुगेको छ। भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त दर ९८.७४ प्रतिशत रहेको समाचारमा जनाइएको छ। 

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण १ सय २७ जनाको मृत्यु भएको सो मन्त्रालयले जानकारी दिएको छ। यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम ५ लाख १६ हजार ४ सय ७९ को मृत्यु भइसकेको छ। 

भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयबाट हालसम्म कोरोना भाइरसविरुद्धको १ अर्ब ८१ करोड २१ लाख ११ हजार ६७५ डोज खोप लगाइएको छ।

प्रकाशित मिति: १३:२१ बजे, आइतबार, चैत ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्