Kathmandu Press

ट्युनिसियाको समुद्री किनारमा अवैध आप्रवासीका २० शव भेटिए

ट्युनिस, चैत ६ : ट्युनिसिया उत्तरी समुद्री किनारा नबेयलमा अवैध आप्रबासीहरुको शव प्राप्त भएको छ।शनिबार पनि थप आठ शव भेटिएको बताइएको छ। यो समेत...
ट्युनिसियाको समुद्री किनारमा अवैध आप्रवासीका २० शव भेटिए

ट्युनिस, चैत ६ : ट्युनिसिया उत्तरी समुद्री किनारा नबेयलमा अवैध आप्रबासीहरुको शव प्राप्त भएको छ।

शनिबार पनि थप आठ शव भेटिएको बताइएको छ। यो समेत गरी यस क्षेत्रमा कम्तीमा पनि २० ओटा शब भेटिएको यहाँको एक रेडियो स्टेसनले जनाएको छ।

यहाँको रेडियो सेम एफएमले शनिबार दिएको समाचारअनुसार यसअघि गत शुक्रबार ट्युनिसियाको सो समुद्री किनारामा १२ ओटा शव भेटिएको थियो र शनिबार थप ७ जनाको शव भेटिएको हो।

ट्युनिसियाको सो समुद्री किनारा युरोप जाने आप्रवासीहरुले प्रयोग गर्ने गरेको एक मुख्य नाका पनि हो।

उनीहरु अवैध रुपमा युरोप प्रवेश गर्ने क्रममा सो क्षेत्रमा पुगेका र दुर्घटनामा परेकाे अनुमान गरिएको ट्युनिसियाली प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: १३:०२ बजे, आइतबार, चैत ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्