Kathmandu Press

पाकिस्तानको सियालकोट क्यान्ट क्षेत्रमा ठूलो विस्फोट

इस्लामाबाद, चैत ६ : उत्तरी पाकिस्तानी शहर सियालकोटमा निकै ठूलो विस्फोटको आवाज सुनिएको स्थानीय समाचारमाध्यमले आइतबार जनाएका छन् ।पन्बजा प्रान्तको क्यान्टोन्मेन्ट क्षेत्र नजिकै...
पाकिस्तानको सियालकोट क्यान्ट क्षेत्रमा ठूलो विस्फोट

इस्लामाबाद, चैत ६ : उत्तरी पाकिस्तानी शहर सियालकोटमा निकै ठूलो विस्फोटको आवाज सुनिएको स्थानीय समाचारमाध्यमले आइतबार जनाएका छन् ।

पन्बजा प्रान्तको क्यान्टोन्मेन्ट क्षेत्र नजिकै विस्फोटको आवाज सुनिएको हो। 'उत्तरी पाकिस्तानको सियालकोट सैन्य आधारमा थुप्रै विस्फोटका आवाज सुनिएका छन्। यो गोला बारूद भण्डारण क्षेत्र हो।  त्यहाँ ठूलो आगो बलिरहेको छ। विस्फोटको कारण अझै पत्ता लागेको छैन,' मिलाप दैनिकका सम्पादक ऋषि सुरीले ट्वीटरमा उल्लेख गरेका छन्।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति: १२:१३ बजे, आइतबार, चैत ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्