Kathmandu Press

बेलायती प्रधानमन्त्रीद्वारा जेलेन्स्कीलाई शरण दिनेबारे छलफल

लन्डन, चैत ६ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसको सैन्य कारबाहीका बीचमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने...
बेलायती प्रधानमन्त्रीद्वारा जेलेन्स्कीलाई शरण दिनेबारे छलफल

लन्डन, चैत ६ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसको सैन्य कारबाहीका बीचमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताएका छन्।

जोनसनले सन्डे टाइम्सलाई बताएअनुसार जेलेन्स्कीसँग नियमित कुराकानी हुन्छ र उनी एक निकै आकर्षक व्यक्तित्व भएका  र प्रेरणाको स्रोत पनि साबित भएका छन्। 

Hardik ivf

बेलायती प्रधानमन्त्रीले भनेका छन्, ‘जेलेन्स्की र उनको परिवारले बेलायतमा शरण लिने सम्भावनाबारे छलफल भएको थियो तर भोलोडिमिर सधैं स्पष्ट रहेका छन् । उनको कर्तव्य युक्रेनी जनताप्रति हो । उनी त्यहीँ बस्नेछन् र जनताको हेरचाह गर्नेछन्। म उनको प्रशंसा गर्छु।’

डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र (डिपिआर र एलपिआर) ले युक्रेनविरुद्ध आफूलाई बचाउन मद्दतका लागि अपिल गरेपछि गत फेब्रुअरी २४ मा रूसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेको हो।

यता रुसले भने विशेष अपरेसनको उद्देश्य युक्रेनलाई असैन्यीकरण र डिनाजिफाइ गर्नु हो र केवल सैन्य पूर्वाधारलाई लक्षित गरिएको छ। नागरिक जनसंख्या खतरामा छैन। मस्कोले बारम्बार जोड दिँदै रुसको युक्रेन कब्जा गर्ने कुनै योजना छैन।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका छन्, ‘डोनबासका जनतालाई जोगाउने लक्ष्य छ, जो आठ वर्षदेखि किभ शासनद्वारा दुर्व्यवहार र नरसंहारको सिकार भएका छन्।’

रुसको अपरेसनको प्रतिक्रियामा, पश्चिमी देशहरूले मस्कोविरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन्, जसमा धेरै रुसी अधिकारीहरू र संस्थाहरू, मिडिया र वित्तीय संस्थाहरूलाई लक्षित गर्ने हवाई क्षेत्र बन्द र प्रतिबन्धात्मक उपायहरू समावेश छन्।

प्रकाशित मिति: ११:४८ बजे, आइतबार, चैत ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्