Kathmandu Press

अमेरिकाकाे कार शोमा गोली चल्दा कम्तीमा १० जना घाइते

वासिंङ्टन, चैत ६ : संयुक्त राज्य अमेरिकाको अर्कान्सासमा एउटा कार शोमा गोली चल्दा कम्तीमा १० जना घाइते भएको  शनिबार सञ्चारमाध्यमहरूले जनाएका छन्।‘एएसपी अर्कन्सास राज्य...
अमेरिकाकाे कार शोमा गोली चल्दा कम्तीमा १० जना घाइते

वासिंङ्टन, चैत ६ : संयुक्त राज्य अमेरिकाको अर्कान्सासमा एउटा कार शोमा गोली चल्दा कम्तीमा १० जना घाइते भएको  शनिबार सञ्चारमाध्यमहरूले जनाएका छन्।

‘एएसपी अर्कन्सास राज्य प्रहरी) लाई प्राप्त प्रारम्भिक जानकारी अनुसार गोली चल्दा कम्तीमा १० जना घाइते भएका छन्,’ प्रहरीले शनिबार अमेरिकी प्रसारण नेटवर्क नेसनल ब्रोडकास्टिङ कम्पनी (एनबीसी) लाई उद्धृत गर्दै विज्ञप्तिमार्फत जनाएको छ।

अर्कान्ससको देशा काउन्टीस्थित डुमस शहरमा शनिबार राति गोली चलेको हो ।

प्रहरीका अनुसार राजमार्ग गस्ती अधिकारी, सेना र अन्वेषकहरूलाई कार शो भइरहेको व्यावसायिक स्थानमा पठाइएको थियो।

सम्भावित संदिग्धहरू र घाइतेहरूको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी आएको छैन।

प्रकाशित मिति: ११:३० बजे, आइतबार, चैत ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्