Kathmandu Press

म्यानमारमा कार दुर्घटनामा ७ जनाको ज्यान गयो

म्यानमारमा कार दुर्घटनामा ७ जनाको ज्यान गयो

म्यानमार, चैत ६ : म्यानमारमा कार दुर्घटनामा कम्तीमा पनि सात जनाको ज्यान गएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।म्यानमारको पाथिन चागोथा भन्ने स्थानमा शनिबार भएको कार दुर्घटनामा परी सात जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

एक निजी कार सर्वाजनिक बससँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ। बसको ठक्करबाट सो कारमा रहेका कम्तीमा सात जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।सो कारमा सवार रहेका व्यक्तिहरु एकै परिवारका हुनसक्ने अनुमान गरिएको छ । तर प्रहरीले स्वतन्त्र पुष्टि गर्न भने बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ ।

बसको ठक्करबाट घाइते भएका उनीहरुलाई अस्पताल पुर्याइएको थियो । तर गम्भीर रुपमा घाइते भएका सबैको सो अस्पतालमा निधन भएको थियो ।मृत्यु हुनेमा तीन जना महिला र दुई बालबालिका पनि रहेका छन्। यस दुर्घटनमा परी बसका केही व्यक्ति घाइते भएका र उनीहरुको उपचार जारी रहेको छ। 

प्रकाशित मिति: ११:२३ बजे, आइतबार, चैत ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्