Kathmandu Press

चीनमा १ अर्ब २४ करोड जनसंख्यालाई कोरोनाको पूर्ण मात्रा खोप

एजेन्सी, चैत ६ : चीनमा कम्तीमा पनि १ अर्ब २४ करोड नागरिकले कोभिड विरुद्धको पूर्ण मात्राको खोप लगाएको जनाएको छ ।चीन सरकारले यही शुक्रबारसम्मको...
चीनमा १ अर्ब २४ करोड जनसंख्यालाई कोरोनाको पूर्ण मात्रा खोप

एजेन्सी, चैत ६ : चीनमा कम्तीमा पनि १ अर्ब २४ करोड नागरिकले कोभिड विरुद्धको पूर्ण मात्राको खोप लगाएको जनाएको छ ।चीन सरकारले यही शुक्रबारसम्मको तथ्यांकअनुसार यहाँका १ अर्ब २४ करोड जनसंख्यालाई पूर्ण मात्राको खोप लगाएको जनाएको हो ।

चीनको नेसनल हेल्थ कमिसनका प्रवक्ता मि फेङले शनिबार सो कुराको जानकारी दिएका हुन् ।उनले भनेका छन् कि चीन सरकारले यहाँका नागरिकलाई कोरोना भाइरसका विरुद्धको खोप निकै तीव्र गतिमा दिइरहेको छ र गत शुक्रबारसम्मा यहाँका १ अर्ब २४ करोड नागरिकलाई यो खोप दिइसकिएको छ।

Hardik ivf

यहाँका ६० वर्षभन्दा माथिका करिब ८० प्रतिशत नागरिकलाई कोरोना भाइरसका विरुद्धको पूर्ण मात्रा खोप दिइएको बताइएको छ ।साथै प्रवक्ता लिका अनुसार यहाँका करिब ६५ करोड  नागरिकलाई कोरोना भाइरसका विरुद्धको बुस्टर मात्रा खोप दिइएको पनि बताइएको छ ।

सुरुमा कोरोना भाइरसले असर गर्ने भनेर ६० वर्षमाथिका नागरिकलाई यो खोपको मात्रा दिनेगरी प्राथमिकता निर्धारण गरेकामा अहिले अर्थात् पछिल्लो समयमा यहाँको सरकारले सबै नागरिकलाई खोप लगाएको हो। 

प्रकाशित मिति: ११:२१ बजे, आइतबार, चैत ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्