Kathmandu Press

‘एक घर, एक धारा’ प्रदेश सरकारको नीति : मन्त्री थापा

तनहुँ, चैत ५ : गण्डकी प्रदेशका वन वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापाले ‘एक घर, एक धारा’ प्रदेश सरकारको अभियान रहेको बताएका छन। साविक...
‘एक घर, एक धारा’ प्रदेश सरकारको नीति : मन्त्री थापा
Hardik ivf

तनहुँ, चैत ५ : गण्डकी प्रदेशका वन वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापाले ‘एक घर, एक धारा’ प्रदेश सरकारको अभियान रहेको बताएका छन। साविक जामुने–८ हाल म्याग्देगाउँपालिका–२ लिफ्ट झ्यालगैह्रा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आज उद्घाटन गर्दै मन्त्री थापाले नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउन प्रदेश सरकारले नीति नै बनाएर अघि बढेको बताए।

'भोलिका दिनमा हामी रहुँलानरहुँला तर हामीले बनाएका नीतिअनुरूप निरन्तर काम गर्ने व्यवस्था मिलाइएको छ,' उनले भने। मन्त्री थापाले पानी लिफ्टिङका लागि विद्युतीकरणका लागि आवश्यक पहलकदमी भइरहेकाले निराश नहुन आश्वसन दिए। कार्यक्रममा नेकपा (एमाले)का जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वडास्तरीय सबै राजनीतिक दल, उपभोक्तावासीको सक्रिय भूमिका रहेका कारण आयोजना सम्पन्न गर्न सहयोग मिलेको बताए।

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य शम्भु अधिकारीले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै विकास निर्माणका कार्यले गति लिएको उनले बताए। सङ्घीय सरकारको एक करोड ४६ लाख ४९ हजार ५४९, प्रदेश सरकारको ४० लाख ८७ हजार ५६, सोलार क्षेत्र तारबारको लागि रु तीन लाख ४२ हजार १६८ र स्थानीय श्रमदान ६० लाख २५ हजार ६०६ गरी कूल दुई करोड ५१ लख २४ हजार ३३२ को लागतमा उक्त आयोजना सम्पन्न भएको हो।

प्रकाशित मिति: १९:५२ बजे, शनिबार, चैत ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्